के तपाईले आँखाको स्वास्थ्यका बारेमा कहिल्यै सोच्नुभएको छ ? यसरी गर्नुहोस् आँखाको सुरक्षा
एजेन्सी । मानिसहरुले आफ्नो अनुहारको विशेष ख्याल र सुरक्षा राखेको पाइन्छ । तर अनुहारको भन्दापनि आँखाको बढी ख्याल गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । बाहिर हिँड्दा वा घाममा काम गर्दा आँखाका लागी सनग्लास सबैभन्दा अत्यावश्यक चिज हो । जस्ले आँखालाई कैयौँ समस्याबाट बचाउँछ । आँखालाई मुख्य रुपमा बिहान र साँझको समयमा विशेष ख्याल पुर्याउनुपर्ने हुन्छ ।
उदाउँदो सूर्यको किरण शरीरका अन्य भागहरुलाई महत्वपूर्ण भएपनि यो आँखाको लागी हानिकारक हुन्छ । यस्तो समयमा अनिवार्य रुपमा सनग्लास लगाउनु उपयुक्त हुन्छ । केवल चर्को घाममा मात्रै नभई बाल्लीएको समयमा सन ग्लास वा अर्को सामान्य चश्मा अनिवार्य रुपमा लगाउँदा आँकालाई सहज महशुस हुन्छ ।
घाम नलाग्दाको समयमा पनि किरणको मात्रा पहिलेभन्दा जम्मा १० प्रतिशत मात्रै कम हुने हो । सनग्लास किन्दैमा मात्रै आँखाको सुरक्षा हुने होइन, तपाईले किनेको सनग्लासको क्वालीटिले पनि तपाईको आँखाको आयू निर्धारण गर्न सक्छ ।


0 comments
Write Down Your Responses