आशिषको बयान साँचोः पोलिग्राफ रिपोर्ट
नवलपरासी-फुटबलर विमलघर्तिमगरकी बहिनी मनिषा घर्तिमगरको मृत्युको अनुसन्धानको क्रममा लिइएको प्रेमी आशिष चौधरीको पोलिग्राफले आशिषको बयान झुठो नरहेको देखाएको छ । बुधवार नवलपरासी प्रहरीले पत्रकार सम्मेलन गरी अशिषको पोलिग्राफ रिपोर्टबारे जानकारी दिएको हो ।
मगंलबार प्रहरीले करिब पाँच घण्टा लगाएर नवलपरासीमै चौधरीको पोलिग्राफ जाँच गरिएको थियो । पोलिग्राफ परिक्षणका क्रममा प्रहरीले आशिषलाई ११ वटा प्रश्न गरेका थिए ।
जाँचका क्रममा प्रहरीले मनिजषाको हत्यामा संलग्न भएको हो या होइन भन्ने प्रश्न गरेका थिए । जवाफमा आशिषले होइन भनेर दिएको जवाफ पोलिग्राफले साँचो देखाएको प्रहरीले जनाएको छ ।
पोष्मार्टम र पोलिग्राफ रिपोर्ट सार्वजनिक भैसकेपनि अनुसन्धानका अन्य पाटो बाँकी रहेको नवलपरासी प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा जेठ ५ गते देखि घटना हुने दिनसम्म मनिषा र आशिषबीच २ सय पटक भन्दा बढी टेलिफोन सम्पर्क तथा म्यासेज आदान प्रदान भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
प्रहरीले अनुसन्धान एक तिहाई मात्र सकिएको र विभिन्न कोणबाट अनुसन्धान जारी राखेको बताउँदै केही दिनभित्रै घटनाका सम्बन्धमा यथार्थ विवरण सार्वजनिक गर्ने जनाएको छ ।
त्यस्तै अनुसन्धानकै क्रममा मनिषाको मृत्यु ह्याङ्गङिका कारण भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।


0 comments
Write Down Your Responses