उत्तर कोरियाली शासक किमले ज्वाइँ खोज्न अचम्मको शैली अपनाउँदै
किमले देशभरीबाट चुनेका युवकहरु मध्येबाट एकजना छान्ने स्वतन्त्रता उनको बहिनीलाई हुनेछ । तर, उनको ज्वाइँ बन्नु जो कोहीका लागि त्यति सहज भने छैन । किनभने यसका लागि किमले कैयन शर्त राखेका छन् । ज्वाँइ खोज्नका लागि किमले अविवाहित युवाहरुको एउटा सभा नै आयोजना गरेका छन् । जसमा सहभागी गराउन किम आफैँले ३० अविवाहित युवकलाई छनोट गरिसकेका छन् ।
news.com.au का अनुसार त्यस सभाबाट आफ्नी बहिनीले छानेको युवकलाई उनले ज्वाइँ बनाउने छन्।
यस्ता छन् सर्तहरु:
१. किम इल सुङ विश्वविद्यालयबाट कम्तिमा स्नातक गरेको
२. उचाई कम्तिमा ५ फिट १० इञ्च
३. हेर्दा आकर्षक
४. उत्तर कोरियाली सेनामा योगदान दिएको
५. यति सबै योग्यता पुगेर पनि पक्का हुने छैन् । बहिनीले मन पराउनुपर्नेछ ।
यो जोङ उत्तर कोरियाकै शक्तिशाली महिलामध्ये एक हुन् । उनलाई हालै उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सदस्य बनाइएको छ । स्मरण रहोस्, किमले ज्वाइँ खोज्नका लागि यस्तो सभा आयोजना गरेको यो पहिलो पटक होइन । उनले सन २०१२ मा पनि यस्तो सभा आयोजना गरेका थिए । तर, खोजेजस्तो नपाएपछि सबैलाई अस्विकृत गरिदिए ।
के गर्छिन यो जोङ ?
दक्षिण कोरियाली पत्रिका ‘द चोशुन’का अनुसार यो जोङ आफ्नो दाइको पर्सनल एसिस्टेन्टको भूमिका निभाउँछिन् । उनले किमका लागि अपोइन्टमेन्ट, प्रमोशन तथा प्रोपोगाण्डाको कार्यभार सम्हाल्दै आएकी छन् ।
कलेजमा कस्तो थियो उनको व्यवहार ?
एक उत्तर कोरियाली भगौडका अनुसार युनिभर्सिटीमा अध्ययनका दौरान यो जोङको व्यवहार निकै अलग थियो । उनी हलबाट निस्किएपछि सबै विद्यार्थीले उनका लागि बाटो खाली गरिदिनुपर्दथ्यो ।
उनी चढेको लिफ्टमा क्लासमेटका अलावा कोही पनि चढ्न पाउँदैन थिए । यो जोङको विवाह एक पटक भइसकेको उनको दावी छ । एक आर्मी चिफसँग विवाह भएको थियो । तर, जनवरी २०१३ मा एक कार एक्सिडेन्टमा उसको मृत्यु भयो ।

0 comments
Write Down Your Responses