• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » नेपालकी राष्ट्रपति विश्वको शक्तिशाली महिलाको सुचीमा, अरु को–को छन ?
नेपालकी राष्ट्रपति विश्वको शक्तिशाली महिलाको सुचीमा, अरु को–को छन ?

यो वर्षका सबैभन्दा शक्तिशाली महिलाहरु को होलान् त ? उनीहरु आफ्नो क्षेत्रमा अब्बल तथा कर्मठ व्यापारी महिलाहरु, इन्ट्रिपेनर्स, लगानीकर्ता, वैज्ञानिक, समाजसेवी तथा सिइओ रहेका छन् । फोब्र्स म्यागाजिनले शक्तिशाली महिलाहरुको सुची निकालेको छ ।   यिनीहरु यस्ता महिलाहरु हुन् जो अर्वपति समेत रहेका छन् । विश्वभर उनीहरुले सञ्चालन गरेको कम्पनीको ब्राण्डेड सामानहरु समेत बिक्री हुदै आइरहेको छ । आफ्नो क्षेत्रमा निकै अब्बल मानिने शक्तिशाली महिलाहरुको प्रयास भने पुरुषहरुको बर्चस्व तोड्ने नै रहेको देखिन्छ । हरेक क्षेत्रमा महिलाहरुलाई प्रोत्साहन गर्न उनीहरु काम पनि गरिरहेका छन् ।   पछिल्लो समय एस एण्ड पी कम्पनीमा गरिएको एक सर्वेका अनुसार जम्मा ४ प्रतिशतमात्र महिलाहरु कर्नर अफिसमा रहेका छन् भने जम्मा २५ प्रतिशत महिलाहरुले एक्जुकेटिभ वा सिनियर लेभलको जागिर गरेको तथ्याङ निकालेको छ ।   त्यस्तै पिउ रिसर्च सेन्टरले दिएको जानकारी अनुसार सन् २००५ पछि महिला नेत्रीहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । प्रमाण्का रुपमा ताइवान, म्यानमार, नेपाल, क्रोसिया, माउरिटिअस र लिथुआनियामा महिला राष्ट्रपति चुनिएका छन् । अमेरिकामा पनि हिलारी क्लिनटन राष्ट्रपति निर्वाचनमा उठेकी छिन् । यसले पनि के देखाउँछ भने महिलाहरु पनि नेतृत्व गर्न सक्ने क्षमता भइसकेका छन् ।   यो वर्ष पनि विश्वकै सबैभन्दा शक्तिशाली महिला जर्मन चान्सलर एन्जेला मर्केल भएकी छिन् । उनी ६ वर्षदेखि एक नम्बरमा रहदै आइरहेकी छिन् । प्रत्येक वर्ष हुने यस्ता अध्ययनमा चार इकाई ठुलो महत्वका साथ हेरिने गरिन्छ । पैसा, मिडियामा उपस्थिति, व्यक्तित्व प्रभाव तथा अनुशरण र तिनीहरुको विश्लेषण रहेको छ ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar