• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Articles, Entertainment, News » टेकु तिरबाट राता आँखा देखाउँदै मच्चिदै आएको राँगाले शहिद गेटमा आइपुग्दा छ जनालाई घाइते बनायो
टेकु तिरबाट राता आँखा देखाउँदै मच्चिदै आएको राँगाले शहिद गेटमा आइपुग्दा छ जनालाई घाइते बनायो


काठमाडौं, ९ असार । काट्न लागेको राँगो रन्थनिँदै भागेपछि शहिद गेटमा खैलाबैला भएको छ । टेकु तिरबाट राता आँखा देखाउँदै जोडले मच्चिदै आएको राँगाले शहिद गेटमा आइपुग्दा छ जना मानिसलाई घाइते बनाएको छ । राँगोले शहिदगेटमा आइपुग्दा बाटोमा हिंडेका बटुवा र बाइकमा सवार यात्रुलाई हान्दै हिँडेको थियो । भने एउटा कारलाई हानेर शीशामा प्वाल पारिदियो । राँगोका कारण शहीदगेट क्षेत्रमा केहीबेर तनाव भयो भने ट्राफिक जामसमेत हुन पुग्यो । यसरी अनियन्त्रीत हुँदै भागेको मुर्छित राँगोलाई महानगरीय प्रहरी परिसर अन्तरगतको जनसेवा प्रहरी र नगर प्रहरीको टोलीले बल्ल-तल्ल घेरा हालेर नियन्त्रणमा लिएका छन्। प्रहरीका अनुसार राँगो टेकुतर्फबाट आएको हो । टेकुमा थुप्रै राँगा काट्ने वधशालाहरु छन् । बधशालामा काट्न लाग्दा राँगो मुर्छित हुँदै भागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । राँगोको टाउकोमा एउटा सानो चोट छ भने सिंङमा रातो अबिर पनि देखिएको छ । राँगोलाई अहिले टुँडीखेलमा बाँधेर राखिएको छ ।

Labels: Articles, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar