बलिउड नायक अभिषेक बच्चनले तोडे गिनिज वर्ल्ड रेकर्ड
बलिउड नायक अभिषेक बच्चनले आफ्नो नाम गिनिज वर्ल्ड रेकर्डमा राख्न सफल भएका छन् ।
उनले यो रेकर्ड १२ घण्टाभित्र आफ्नो फिल्म "डेल्हि ६" प्रचार प्रसार गर्ने क्रममा फेब्रुअरी २२ तारिक घजियाबाद, नोइदा, फरिदाबाद, दिल्ली, गुरुग्राम, चंदिगढ़ र मुम्बई गरि सातवटा सहरहरुमा उपस्थित भएर राखेका हुन् ।
यस अघिको रेकर्ड हलिउडका प्रख्यात नायक विल स्मिथको थियो । स्मिथले आफ्नो फिल्म "आई रोवर्ट" प्रचारप्रसार गर्ने क्रममा २४ घण्टा भित्र तिन वटा कार्यक्रममा भाग लिएर रेकर्ड राख्न सफल भएका थिए ।


0 comments
Write Down Your Responses