लण्डनको ग्यास स्टेसनमा भेटियो मान्छे जत्रै मुसा
एजेन्सी , बेलायतमा केहि दिन अघि भिमकाय शरीर भएको मुसा भेटिएको छ । मध्य लन्डनको एक ग्यास स्टेसनमा उक्त मुसा भेटिएको हो । ग्यास स्टेसनमा मुसाले अति दु:ख दिएपछि मुसालाई मर्न विष राखिएको थियो । ग्यास स्टेसनमा काम गर्ने जेम्स गि्रनले राखेको बिष खाएर उक्त भिमकाय मुसा मरेको हो । मरेको मुसाको फोटो सामजिक सन्जालमा राखे पछि भाइरल भएको थियो । बेलायतका मुसा विज्ञ रोबट जेनका अनुसार उक्त मुसा ग्याम्बियन पाउच्ड प्रजातिको हो र यो मुसाको लम्बाइ ४ फिट सम्म हुने गर्दछ ।निकै बुद्धिमान मानिने यो मुसाको दृष्टि क्षमता निकै कम हुने गर्दछ ।

0 comments
Write Down Your Responses