• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » सिरहामा आधा शरिर जलेको अवस्थामा महिलाको शव फेला
सिरहामा आधा शरिर जलेको अवस्थामा महिलाको शव फेला

सिरहा - सिरहाको ईटारी प्रसाई गाविस १ स्थित कमला खोलाको धार छेउमा आधा शरिर जलेको अवस्थामा एक महिलाको लाश फेला परेको छ । शुक्रवार फेला परेको उक्त लाशको सनाखत भने हुन सकेका छैन्।

दुवै हातको हत्केला र खुट्टाको पैताला वर्ण गहुँ गोरी, हात र खुट्टाको नङहरुमा सेतो क्रिम कलरको नम्पालिस लगाएको जल्न बाँकि रहेको अवस्थामा एक महिलाको लाश फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आधा शरिर जलिसकेको हुनाले कपडा कुन लगाएको थियो भन्ने विषयमा पनि केहि खुल्न नसकेको प्रहरीको भनाई छ।

घटनास्थलमा रगतका छिटाहरु समेत देखिन्छ । शुक्रवार दिउँसो लाश फेलापरेपछि घटनास्थलमा स्थानीयको भिड लागेको थियो । त्यहाँ पुगेका अधिकांश व्यक्तिले कुनै न कुनै कारणले महिलाको हत्या गरी कोही नदेखास् भनेर नदीको छेउमा फालेको हुनसक्ने बताएका छन्। तर प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar