• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Health » खाना खाने वित्तिकै कहिल्यै पनि नगर्नुस् यी ५ काम
खाना खाने वित्तिकै कहिल्यै पनि नगर्नुस् यी ५ काम

खाना खाएपछि निद्रा लाग्न खोज्ने स्वभाविक हो । कुनै बेला त यति थकान महसुस हुन्छ कि ओच्छ्यान देख्नासाथ पल्टिन मन लाग्छ । तर खाना खाइसकेपछि यी ५ काम भने गर्नु हुँदैन । यदी गर्नु भयो भने तपाइँको पाचनमा समस्या हुने मात्र होइन स्वास्थ्य पनि विग्रिन सक्छ ।
१- तत्काल नसुत्नुस्
खाना खानासाथ पल्टिने बानी छ भने आजै देखि छोड्नुस् । खाना खाने वित्तिकै पल्टिँदा पाचनमा समस्या हुन्छ र तपाइँलाई अन्य संक्रमणको पनि खतरा बढ्छ ।
२- सिगरेट नपिउनुस्
चुरोट पिउने बानी भएकाहरु खाना खाइसकेपछि एक सर्को चुरोट तान्न मन पराउँछन् । तर खाना खाने वित्तिकै चुरोट तान्दा तपाइँलाई स्वास र मुटु सम्बन्धि गम्भिर समस्या हुन सक्छ । यसले क्यान्सरको खतरा पनि बढाउँछ ।
३- तत्काल नुहाउनु हुँदैन
खाना खानासाथ नुहाउनु राम्रो होइन । यसले तपाइँलाई गम्भिर समस्यामा पार्न सक्छ । नुहाँउँदा हात खुट्टामा रक्त सञ्चार बढ्ने हुँदा यसले पेटमा पाचन प्रभाह प्रभावित हुन्छ ।
४- फल नखानुस्
खाना खानासाथ फल खाने बानी पनि राम्रो होइन । फल पेटमा टाँसिने हुँदा यसले तपाइँको पाचन प्रणाली प्रभावित गर्छ । खानासँगै खाएको फलले चाहे जति पोषक तत्व दिन पनि सक्दैन । खाना खानु अघि या पछि १ घण्टाको फरकमा मात्र फल सेवन गर्नुस् ।
५-चिया नखानुस्
चियाको पातमा उच्च अम्लिय पदार्थ हुन्छ । यसले प्रोटिनलाई पचाउन दिँदैन । सजिलै पचाउन नदिने चियाँ खाना खानु अघि र खाए लगत्तै नखानु राम्रो मानिन्छ । नेपाली हेडलाइनबाट

Labels: Health

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar