ट्रयाक्टरको ठक्करबाट बाटोमा खेलिरहेका बालकको मृत्यु
फागुन २८, महोत्तरीको श्रीपुर गाविसमा ट्रयाक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले श्रीपुर गाविस ८ कविलाशा बस्ने लालकिशोर यादवका तीन वर्षीय छोरा शिवम् यादवको ट्रयाक्टरको ठक्करबाट ज्यान गएको बताएको छ ।
जिल्लाको सम्सी गाविसबाट गौशाला नगरपालिकातर्फ गइरहेको ज १ त २४२८ नम्बरको ट्रयाक्टरले बिहीबार साँझ श्रीपुर गाविस ७ स्थित बाटोमा खेलिरहेका बालकलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।
प्रहरी उपरीक्षक जनक भट्टराईले ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई तत्काल परिवारजनले उपचारका लागि गौशाला प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको र उनको उपचारका क्रममा सोही स्थानमा मृत्यु भएको जनाएका छन् ।
उक्त घटनापछि प्रहरीले ट्रयाक्टर र चालक सर्लाही जिल्ला बरहथवा गाविस ७ बस्ने ५० वर्षीय किशोर साहलाई नियन्त्रणमा लिएको छ ।

0 comments
Write Down Your Responses