‘सुल्तान’को गितबाट हटाएपछि सलमानले भने अरिजितलाई चिन्दिन
फिल्म ‘सुल्तान’मा एउटा गित लाई लिएर चलिरहेको विवादमा नयां मोड आएको छ।बताए अनुसार उक्त गित अरिजीत सिंहलाई गाउन दिइएको थियो।मिडियाका अनुसार पछी सलमानको चाहका कारण गित बाट हटाएर राहत फतेह अली खानलाई दिइएको थियो। तर सलमानका अनुसार उनी अरिजीत लाई चिन्दै चिन्दैनन्।शनिवार अनुष्का शर्माको साथमा ‘सुल्तान’को प्रेस मिटिङमा उनले आफूले अरिजीतलाई नचिन्ने बताएका छन्। उनले फिल्मको गितका लागि कस्को आवाज राख्ने भन्ने निर्णय फिल्म निर्माता निर्देशकले गर्ने भन्दै गितका लागि कैयौं गायक गायिकाहरु रिप्लेस भइरहने बताएका छन्।उनले कसैलाई रिप्लेस गर्दैमा निराश हुनु नपर्ने बताएका छन्। त्यस्तै गित बाट हटाएपछि अरिजितले सलमान संग माफी माग्दै फेसबुकमा पोष्ट गरेका थिए। यस बारेमा सलमानले उनको पोष्ट बाटै यस्तो गर्नुको उद्धेश्य थाहा हुने बताएका छन्। सन् २०१४ को गिल्ड एवार्डमा भएको अरिजीत र सलमानको विवाद अझै सम्म साम्य भएको छैन्।त्यस समय देखी उनीहरुको सम्बन्धमा सुधार आएको छैन ।अरिजितका चर्चित गितहरुमा ‘आशीकी २’ को तुम ही हो,’बाजीराव मस्तानी’को आयात,’सीटी लाईट्स’को मुस्कुरानेकी बजह तुम हो आदि पर्छन्।उनी पछिल्ला वर्षहरुमा पार्श्व गायनमा सख्त गायकका रुपमा चिनिएका छन्।


0 comments
Write Down Your Responses