जन्मदिनको अवसरमा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग
नवलपरासी, ६ असार - युवा पत्रकार जीवन न्यौपानेका परिवारजनले आफ्नो आमाको जन्मदिनको अवसर पारी धुर्मुस सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेका छन्।
परिवारले आमा कृष्णा न्यौपानेको ५४ वर्षको जन्मदिनको अवसर पारी फाउन्डेसनलाई रु ३१ हजार ५५५ आर्थिक सहयोग गरेका हुन्।
गत सालको भूकम्पमा परी घरबारविहीन भएकाका लागि सिन्धुपाल्चोकमा गिरान्चौर एकीकृत बस्ती निर्माणमा जुटेका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले उत्कृष्ट काम गरेको भन्दै कृष्णा न्यौपाने र दाई शिव न्यौपानेले काठमाडौँमा सीताराम कट्टेल (धुर्मुस)लाई भेटी उक्त आर्थिक सहयोग प्रदान गर्नुभएको थियो।
भुइँचालोले गर्दा घरबार विहीनका लागि एकीकृत बस्ती निर्माण गर्ने उद्देश्यले स्थापित धुर्मुस सुन्तली फाउन्डेसनलाई आफ्नो जन्मदिनको अवसर पारी उक्त रकम सहयोग गर्न पाएकोमा कृष्णाले खुसी व्यक्त गर्नुभयो।
हास्य कलाकार दम्पती धुर्मुस सुन्तली अभिनय अहिले भूकम्पपछिको बस्ती पुनःनिर्माण कार्यमा व्यस्त रहनुभएको छ। हाल ६५ परिवारका लागि रु चार करोडभन्दा बढीको अनुमानित लागतमा सिन्धुपाल्चोकमा निर्माणाधीन गिरान्चौर एकीकृत बस्ती निर्माणको लागि उहाँहरु खटिनुभएको छ।


0 comments
Write Down Your Responses