• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Articles, Health » चियाले मस्तिष्क शक्ति
चियाले मस्तिष्क शक्ति

हिजोआज ‘ग्रिन टि’ अर्थात् हरियो पत्ती चिया निकै चल्तीमा छ। स्वास्थ्यप्रति सचेत मध्यमवर्गीय परिवारमा हरियो पत्तीको चिया खानु एउटा नयाँ फेसन हुन थालेको छ।

चियाको प्रयोग प्राचीनकालमा विविध रोगबाट निवृत्त हुन उपयोग गरिन्थ्यो। यतिबेला संसारका वैज्ञानिक हरियो पत्ती चिया (ग्रिन टि)का विविध फाइदा तथा बेफाइदा पत्ता लगाउन व्यस्त छन्। अहिले क्यान्सर, रक्तचाप, कोलस्ट्रोल र अल्जाइमर्सजस्ता रोगलाई चियाले कम गर्न कसरी भूमिका खेल्छ र चियामा त्यस्ता के तत्व छन् भने उध्याउन व्यस्त छन्।

त्यसो त चिया खाएकै कारणले रोग निर्मूल पार्ने वा स्वास्थ्यमा गज्जबैको प्रभाव पार्ने कुनै प्रमाण वैज्ञानिकले फेला पारेका छैनन् तर हरियो चियामा पाइने इजिसिजी नामक तत्वले मस्तिष्कको क्रियाकलापमा तात्विक भिन्नता ल्याइदिने कुरामा भने उनीहरु पक्का छन्।

सन् २०१४ मा बसेल विश्वविद्यालयका न्युरोसाइकियाट्रीका प्राध्यापक स्टिफन बर्गवार्डले गरेको अध्ययनले चियामा पाइने तत्व इजिसिजीको सेवनका कारण चार हप्ताभित्रै १२ जनामा काम गर्ने शैलीमा भिन्नता पाइएको थियो।

‘स्वस्थ मानिसमा चिया पिउनाले स्मरणशक्ति बढाउने देखियो,’ बर्गवार्डले भने, ‘हुन त हामीले थोरैमाथि गरेको यो उपलब्धिमा शंका गर्ने ठाउँ प्रशस्त छ तर परिणाम निकै उत्साहप्रद भएकाले यसलाई बाहिरै ल्याउन हामीले उचित ठहर्‍यायौँ। हुनसक्छ, नियमित रुपमा चिया पिउँदा कतिपय रोग निको पार्न पनि सहयोग गर्ला!’

चियाले मानिसलाई बुढ्यौलीमा लाग्ने रोगहरु डिमेन्सिया (पागलपन) र अल्जाइमर्सका लागि पनि उपयोगी हुन सक्ने देखिएको छ।

पछिल्लो पटक डाउन सिन्ड्रोमका लागि पनि चियामा पाइने तत्व इजिसिजीले ठूलो काम गरेको वैज्ञानिकहरूको दाबी छ। प्रत्येक वर्ष संसारभर ३ हजारदेखि ५ हजार बालबालिका डाउन सिन्ड्रोम लिएरै जन्मिन्छन्। यस्ता बालबालिकाहरूमा अनुहार बिग्रने, आँखा टेढिने र सिक्न नसक्ने कैयौँ समस्या देखिन्छन्। त्यस्ता बालबालिकालाई चियामा पाइने इजिसिजीले पूर्ण रुपमा नभए पनि केही सहयोग गर्ने देखिएको वैज्ञानिकहरूको दाबी छ।

वैज्ञानिकहरूको अर्को समूहले गरेको अध्ययनले डाउन सिन्ड्रोम देखिएका ८७ व्यक्तिमा इजिसिजी तत्वयुक्त औषधि नियमित रुपमा एक वर्षसम्म सेवन गराइएको थियो। तिनलाई प्लासिबो (कुनै फाइदा वा हानि नपुर्‍याउने नक्कली औषधि)का गोटीसँगै अन्य कग्निटिभ (संज्ञानात्मक) तालिम पनि दिइएको थियो।

केही समयपछि के पाइयो भने इजिसिजीले दृश्यात्मक संस्मरण बढेको, प्रतिक्रियामाथि नियन्त्रण तथा गणना गर्ने क्षमता बढेको पाइयो। तिनको मस्तिष्कलाई स्क्यान गर्दा नसाका कोषबीचको जोड बढ्न थालेको र भाषा बु‰ने मस्तिष्कको भागको प्रगति देखिएको वैज्ञानिकको दाबी छ।

तर यस्तो प्रगति नै देखिएको भए पनि उपचारका लागि यो नै अन्तिम औषधि हो भनी भर पर्न नसकिने चिकित्सकको दाबी छ। यो अध्ययनमा पुरुष र स्त्रीबीचमै फरक परिणाम आएकाले पनि थप अनुसन्धान आवश्यक पर्ने शोधकर्ताहरू बताउँछन्।

Labels: Articles, Health

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar