• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » हामीले फालिने केराको बोक्राका यति धेरै फाइदा
हामीले फालिने केराको बोक्राका यति धेरै फाइदा

काठमाण्डौ, असार १६ । केराका त अनेकौँ फाइदा छन् तर हामीले खाएर फाल्ने केराको बोक्राको यति धेरै फाईदा छन् ।
दाँतलाई सेतो बनाउन : प्राकृतिक सेतो दाँत पाउनको लागि एक हप्ता दैनिक केराको बोक्राले दाँत सफा गर्ने गर्नुस् ।

२ छालामा भएको खटिरा, डन्डीफोर हटाउंछ : केराको बोक्राले खटिरा, डन्डीफोरहरु हटाउंछ र पछि फेरी आउनबाट पनि रोक्छ र खटिरा, डन्डीफोर भएको ठाउँमा केराको बोक्रालाई दल्ने र रात भर छोड्ने, यसो गर्दा खटिरा, डन्डीफोरहरु कम हुन्छ।

३ केराको बोक्रा खाना पकाउदा पनि प्रयोग गर्न सकिन्छ।

४ अनुहारमा भएको घाउको दाग हटाउन मद्दत गर्छ : केराको बोक्रा र मह मिलाएर अनुहारमा दल्दा अनुहारमा भएको दागहरु कम हुन्छ ।

५  चाउरी पर्नबाट बचाउँछ : केराको बोक्रा अनुहारको लागि एक दमै लाभदायी हुन्छ्र केराको बोक्रामा एंटी ओक्सिडेन्ट हुन्छ जसले अनुहारमा चाउरी पर्न दिदैन र छालालाई पनि तन्दरुस्त  राख्छ।

६  दुखाइ कम गर्ने औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ : कुनै घाउ भएको छ भने, केराको बोक्रालाई तेल सरह १५ मिनेट जति मालिश गर्दा दुखाइ कम हुन्छ ।

७  चिलाएको कम गर्छ : चिलाएको ठाउँमा केराको बोक्रा दल्दा चिलाएको कम गर्छ।

८  किराको टोकाईको उपचार : किराको टोकाईले चिलाउने र दुख्ने हुन्छ, त्यो टोकेको ठाउँमा केराको बोक्राले मालिस गर्दा दुखाइ र चिलाई कम हुन्छ।

९  अल्ट्राभाइलेट किरणहरुबाट बचाउन्छ : केराको बोक्राले मोतिबिन्दु हुनबाट बचाउछ। यो आखाँमा लगाउँदा यसले आखाँलाई अल्ट्राभाइलेट किरणहरुबाट बचाउछ।

१०   सफा गर्न : घरमा जुत्ता, चाँदीको गहना र छालाका समानहरु सफा गर्न सकिन्छ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar