• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Articles, News » दुई अर्ब ५० करोड वर्ष पुरोनो हिरा लिलामीमा राख्दा पनि नबिकेपछि…
दुई अर्ब ५० करोड वर्ष पुरोनो हिरा लिलामीमा राख्दा पनि नबिकेपछि…

एजेन्सी । संसारकै बहुमुल्य बस्तु हिराको चर्चा सदावहार हुने गरे पनि आज हामी विश्वकै सबै भन्दा ठूलो हिराको कुरा गर्दैछौँ । अझ भनौँ नकाटीएको हिराको कुरा ।
जुन लामो समयदेखि लिलामीका राखिएपनि बिक्री भएको छैन । जसको नाम हो ‘लेसेडी ला रोना’ । टेनिस बलको आकारमा रहेको १, १०९ क्यारेटको यो हिरा दुई अर्ब ५० करोड वर्ष पुरोनो भएको अन्तराष्ट्रिय संचारसंस्थाहरुको दाबी छ । जुन गत वर्ष मात्र फेला परेको थियो ।
अन्तराष्ट्रिय संचार संस्थाहरुका अनुसार गएको नोभेम्बरमा बोट्सवानामा उत्खनन्को क्रममा लेसेडी ला रोना फेला परेको थियो । मंगलबार लण्डनमा यो हिरा न्युनतम मूल्य सात करोड अमेरिकी डलर सहित लिलामीका लागि राखिएको छ ।

यद्यपी यो हिरालाई अहिलेसम्म अधिकतम बोली ६ करोड १० लाख डलर मात्रै दिन मानिसहरु तयार भएपछि हिरा त्यत्तिकै थन्किएको छ । प्रशोधन नगरिएको अहिलेसम्म कै ठूलो हिरा सबैभन्दा गुणस्तरको भएको बेलायत सरकारले जनाएको छ ।

Labels: Articles, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar