काबुलमा मिनी बसमा बम आक्रमण, नेपाली सुरक्षा गार्डहरु परेको आशंका
काठमाडौं, ६ असार - अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान एउटा मिनीबसमाथि भएको बम आक्रमणमा नेपाली सुरक्षा गार्डहरु परेको आशंका गरिएको छ।
रोयटर्स समाचार संस्थाका अनुसार बसबाट शवहरु निकालिदै गरेको स्थानियले देखेका छन्। रोयटर्सलाई एक सरकारी सूत्रले जनाएअनुसार बसमा नेपाली सुरक्षा गार्डहरु रहेका थिए।
तर, अर्को सूत्रले भने बसमा अफगानिस्तानका सरकारी कर्मचारीहरु सवार भएको बताएको रायटर्सले जनाएको छ।

0 comments
Write Down Your Responses