• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Articles, News » झण्डै एक किलो यार्सासहित बर्दियाका करणसिंह दाङमा पक्राउ
झण्डै एक किलो यार्सासहित बर्दियाका करणसिंह दाङमा पक्राउ

असार १३ । यार्सागुम्वासहित बर्दियाका एक ब्यक्ति दाङमा पक्राउ परेका छन् ।

झण्डै एक किलो यार्सागुम्सा सहित बर्दियाको कालिका ५ सितलबजार घर भएका ५१ बर्षिय करणसिंह सुनार पक्राउ परेका हुन् ।

दाङ तुलसीपुर नगरपालिका ६ हात्तिखौवामा डेरा गरि बस्दै आएका सुनारलाई ९ सय २० ग्राम यार्सागुम्बा सहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


उक्त यार्सागुम्बा मुगुबाट केही बर्ष पहिले नै ल्याएर राखेको बताएका सुनारलाई आबस्यक कारबाहीका लागि जिल्ला वन कार्यालयमा बुझाईने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाँईले बताएका छन् ।

Labels: Articles, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar